
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसद्बाट तीनकुनेमा भएको हिंसात्मक घटनाको मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह नै रहेको ठोकुवा गरे । आइतबार सिंहदरबारमा बसेको गणतन्त्र पक्षधर १२ दलको बैठकले पनि उक्त घटनाको मुख्य जिम्मेवार पूर्वराजा शाहलाई नै ठहर्याएको थियो । सत्ता पक्षबाट शाहलाई दोषी ठहर्याए पनि घटनाको चार दिन बितिसक्दासमेत सरकारले