१० वटा बैङ्कले घटाए निष्क्रिय कर्जा

काठमाडौंः बैङ्किङ क्षेत्रमा सम्पत्तिको गुणस्तर सुधारतर्फ देखिन थालेको छ। वाणिज्य बैङ्कहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो त्रैमासको तुलनामा १० वटा बैङ्कले निष्क्रिय कर्जा (एनपीएल) घटाएका छन्।

यो अवधिमा केही बैङ्कको निष्क्रिय कर्जा उल्लेख्य रूपमा बढेकाले बैङ्कहरूको औसत निष्क्रिय कर्जा दर भने बढेको देखिन्छ। असोज मसान्तमा औसत ४.६६ प्रतिशत रहेको निष्क्रिय कर्जा दर दोस्रो त्रैमासमा ४.८५ प्रतिशत पुगेको छ।

१० बैङ्कको एनपीएल ५ प्रतिशतभन्दा माथि रहेको पाइएको छ ।

ग्लोबल आईएमई बैङ्क ४.९८ प्रतिशत निष्क्रिय कर्जाबाट घटाएर ४.९१ प्रतिशतमा पुर्‍याएको छ भने एनएमबी बैङ्कको ४.५८ प्रतिशतबाट ४.५६ प्रतिशतमा कायम गरेको छ ।

त्यसै गरी नबिल बैङ्कको ४.३१ प्रतिशत रहेको निष्क्रिय कर्जा थियो भने घटाएर ४.२५ प्रतिशत बनाएको छ । सिद्धार्थ बैङ्कको ३.८० प्रतिशत रहेको निष्क्रिय कर्जालाई ३.४७ प्रतिशतमा घटाएको छ।

यता एभरेस्ट बैङ्कको ०.७४ प्रतिशत रहेको निष्क्रिय कर्जालाई ०.६८ प्रतिशतमा पुर्‍याएको छ । कुमारी बैङ्कको ६.९८ प्रतिशत रहेको निष्क्रिय कर्जालाई ६.९२ प्रतिशतमा बनाएको छ।

त्यसै गरी नेपाल बैङ्कले ५.४९ प्रतिशतबाट ५.३४ प्रतिशतमा बनाएको छ ।

यता कृषि विकास बैङ्कले ४.७८ प्रतिशत रहेको निष्क्रिय कर्जालाई ४.६५ प्रतिशत बनाएको छ, सानिमा बैङ्कले ३.९१ प्रतिशत रहेको निष्क्रिय कर्जालाई ३.६३ प्रतिशत बनाएको छ ।

एसबीआई बैङ्कले भने ३.०१ प्रतिशत रहेको निष्क्रिय कर्जालाई २.६४ प्रतिशत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्