TEAM RAI द्वारा FRIENDLY SOCCER CAMP 2025 सफलतापूर्वक सम्पन्न
ह्यामिल्टन, १२ अगस्ट २०२५ – TEAM RAI को आयोजना र Hamilton तथा Brantford नेपाली समुदायको सहकार्यमा आयोजित FRIENDLY SOCCER CAMP 2025 ह्यामिल्टनको T. B. Mc Questen Community Park मा हर्षोल्लासपूर्वक सम्पन्न भएको छ। बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म चलेको यस एकदिने कार्यक्रममा विभिन्न उमेर समूहका खेलाडीहरूले मैत्रीपूर्ण फुटबल खेल प्रस्तुत गर्दै खेल भावना र समुदायको एकताको सन्देश दिएका थिए।
कार्यक्रममा Momo Chow Mein The Hakka Spot, Moghuls, Sagarmatha, Radha Krishna Dhital Puncial Services, Shehnai Restaurant, Mountain Grill, Namaste The Home of Himalayan Foods, Masala Corner, High Zing, Parikar, Branding Buddy, Butterfli Yacht Club, Threads & Heritage, तथा Next Level Media House लगायतका प्रायोजकहरूको सहयोग रहेको थियो।
कार्यक्रमको सूत्रसञ्चालन (Emcee/Host) Sulav Raj ले गरेका थिए। Santa Rai, Smita Upadhaya, R. K. Dhital, D. P. Osti, Goba Rai, तथा Rabindra Nepalले सम्पर्क तथा व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए।
यस FRIENDLY SOCCER CAMP 2025 ले समुदायका सदस्यहरूलाई खेलकुदमार्फत एकसाथ ल्याउँदै, स्वास्थ्यप्रति सचेतना र आपसी मित्रताको सम्बन्धलाई अझ प्रगाढ बनाएको आयोजक टोलीले जानकारी दिएको छ।



