कोशी नेतृत्व परिवर्तनमा कार्कीको चुनौती

Writing
काठमाडौ – कोशी प्रदेशको नेतृत्व परिवर्तनको विषय फेरि चर्चामा आएको छ। मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा आफूलाई हटाउने निर्णय पार्टीको संस्थागत प्रक्रियाबाट भए तत्काल पद छाड्ने स्पष्ट अडान राखेका छन्। उनले केही महिनामात्र कार्यकाल बाँकी रहेको अवस्थामा आफूलाई किन हटाउन खोजिएको भन्दै नेतृत्व परिवर्तनको औचित्यमाथि प्रश्न उठाएका छन्।


कार्कीले पार्टीभित्र संस्थागत निर्णय प्रक्रियालाई बलियो बनाउनुपर्नेमा जोड दिँदै कमिटीबाट औपचारिक निर्णय भए आफू एक सेकेन्ड पनि पदमा नबस्ने बताएका छन्। ओलीले यसअघि प्रदेश इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडासँग छलफल गरेपछि कार्कीसँग प्रत्यक्ष संवाद गरेका थिए।


एमालेभित्र कोशी प्रदेशको नेतृत्व परिवर्तन गरी संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी भइरहेको चर्चा छ। यसैबीच, बुधबार अध्यक्ष ओलीले मुख्यमन्त्री कार्कीसहित प्रदेश नेतृत्वसँग सामूहिक छलफल गर्ने कार्यक्रम तय भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्