तेजस् डेन्टलमा दमक जेसीजका सदस्यलाई दन्त उपचारमा विशेष छुट

दमक । तेजस् डेन्टल क्लिनिक, दमक–६ र दमक जेसीजबीच दमक जेसीजमा आबद्ध सम्पूर्ण जेसीसकर्मीहरूलाई दन्त उपचार सेवामा विशेष छुट तथा सुविधा उपलब्ध गराउने उद्देश्यले एक वर्षका लागि समझदारीपत्र (एमओयू) सम्पन्न भएको छ।

सम्झौताअनुसार दमक जेसीजमा आबद्ध जेसीसकर्मीहरूले तेजस् डेन्टल क्लिनिकमा दाँत तथा मुखसम्बन्धी विभिन्न उपचार सेवामा विशेष छुट तथा सहुलियत प्राप्त गर्ने तेजस् डेन्टल क्लिनिकका सञ्चालक कमल प्रसाद गैरेले बताएका छन् ।

दुवै संस्थाबीच भएको यस सहकार्यले जेसीसकर्मीहरूको दन्त स्वास्थ्यप्रति पहुँच बढाउनुका साथै गुणस्तरीय, सहज र विश्वासिलो दन्त उपचार सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास दमक जेसीज वर्ष २०२६ का अध्यक्ष राजेन्द्र विमलीले बताउनुभयो ।

तेजस् डेन्टल क्लिनिकले दमक जेसीजसँगको सहकार्यलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै सम्पूर्ण जेसीसकर्मीहरूलाई उक्त सुविधाबाट लाभ लिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्