धरमपुर हाँट–बजारमा व्यवसायी र सरोकारवालावीच अन्तरक्रिया

धरमपुर, ३१ जेठ – धरमपुरमा बुधबारका दिन लाग्दै आइरहेको साप्ताहिक हाँट बजारलाई व्यवस्थित गर्न व्यवसायी, स्थानीयवासी र सरोकारवालाहरुवीच आज बिहान धरमपुरमा छलफल कार्यक्रम गरिएको छ ।

शिबसताक्षी–१ स्थित धरमपुर बजार व्यवस्थापन समितिले शनिबार आयोजना गरेको कार्यक्रममा बुधबार हाँट बजारलाई व्यवस्थित गर्नुपर्ने, सडक पेटीबाट बजारलाई लिजमार्फत जमिनको खोजी गरेर व्यवस्थापन गरिनुपर्ने, धमरपुर बजार क्षेत्रका सडकमा जोडिएको रात्रीकालिन बक्तिले स्थानीयलाई पुर्याएको फाइदा, त्यसलाई थप बिस्तार, मर्मत, खरिद, सडक बक्तिको मासिक शुल्क भुक्तान लगायतका बारेमा स्थानीयवासी, व्यापार–व्यवसायी र सरोकारवालाहरुले आ–आफ्ना बिचारहरु राखेका थिए ।

धरमपुर बजार व्यवस्थापन समितिका अध्यक्ष लीलाबहादुर (कुमार) जोशीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा सहभागिहरुले बजारलाई निरन्तर सञ्चालन गर्नुपर्ने र हाँट बजारमाा आगान्तुक व्यापारी–व्यवसायीहरुलाई सहज बनाउन रचनात्मक गतिविधिहरु आयोजना गर्न सुझावहरु राखेका थिए ।

हाँट बजारमा व्यापारी र व्यवसायीहरुलाई नगरपालिकाको कार्यालयले उठाउँदै आइरहेको भिटौरी वापतको शुल्क हाललाई रोक्न दबाब सृजना गर्न सुझाएका थिए । बजारले रात्रीकालिन बक्ति जडान, मर्मत र बिल भुक्तानी गर्न कमल खोला बगरको बालुवालाई नगरपालिकासंग ठेक्का मार्फत बिक्री गर्न सहभागिहरुले भनाईहरु राखेका थिए ।

२०७४ सालबाट धरमपुरमा बुधबार हाँट बजार सुरुवात भएको हो । सडक पेटीमा सञ्चालन गरिएको हाँट बजारलाई आगामी दिनमा व्यवस्थित गर्न छुट्टै जमिनको खोजीसमेत गरिएको र स्थानीवासीसंग जमिन लिजका लागि सुचना प्रकाशित गरिएको धरमपुर बजार व्यवस्थापन समितिका अध्यक्ष जोशीले जानकारी दिए ।

हालm बजार व्यवस्थापन समितिले एशियन हाइबेको उत्तरतर्फ मिनी पार्कसहित सार्वजनिक सौचालयको सञ्चालन गरिरहेको अध्यक्ष जोशीले सभामा जानकारी गराए । अध्यक्ष जोशीले बजारमा आउने व्यापार व्यवसायी र उपभोक्ताहरुलाई लक्षित गरेर मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिने बताए ।

बजार व्यवस्थापन समितिका सचिव मनकुमार श्रेष्ठले सञ्चालन गर्नुभएकाो कार्यक्रममा बजार व्यवस्थापन समितिका सल्लाहकार नगेन्द्र बोहोरा, माधबप्रसाद भण्डारी, घनश्याम पोख्रेल, नारायण थापा, शुक्रबारे कृषि सहकारी संस्थाका अध्यक्ष भुवन सेन्दाङ, धरमपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुमार शंकर, व्यवसायी खगेन्द्र दाहाल लगायतले धरमपुर बुधबारे हाँट बजारको प्रवद्र्धन र विकासका बारेमा बोल्नुभएको बजार व्यवस्थापन समितिका सहसचिव दुर्गा चेम्जोङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्