नेपाल मानव धर्म सेवा समिति गौरादह शाखामा नयाँ नेतृत्व चयन, अध्यक्षमा गंगा बहादुर कार्की
गौरादह । नेपाल मानव धर्म सेवा समिति गौरादह शाखाको नयाँ कार्यसमिति गठन गरिएको छ। गौरादह–४, मिलनचोकस्थित संस्थाको सभाहलमा आयोजित विशेष कार्यक्रममार्फत ११ सदस्यीय नयाँ कार्यसमितिको घोषणा गरिएको हो।
नवगठित कार्यसमितिको अध्यक्षमा गंगाबहादुर कार्की, उपाध्यक्षमा रमेश भण्डारी, सचिवमा नेहा ढकाल भारती, सहसचिवमा डिजा घिमिरे तथा कोषाध्यक्षमा जयकुमार अधिकारी चयन भएका छन्।
त्यसैगरी संस्थाअन्तर्गत विभिन्न विभागका संयोजकहरू पनि चयन गरिएको छ। युवा संगठन विभागको संयोजकमा अर्चना कार्की, भक्ति संगीत विभागमा अरुण कार्की, बालसभा विभागमा दिव्याङ्का भारती, भण्डारा विभागमा मेनुका भण्डारी, स्वयंसेवक दल विभागमा कमल ढकाल, प्रचार–प्रसार विभागमा कृष्ण शर्मा तथा मिडिया विभागमा सुमित भण्डारी संयोजक चयन भएका छन्।
कार्यक्रममा मेची क्षेत्र प्रमुख सन्त सुवर्णा बाइजी, गौरादह शाखा प्रमुख सन्त रमा बाइजी, गौरादह शाखाकी मानवी बाइजी, केन्द्रीय उपाध्यक्ष डिल्ली भट्टराई, मेची क्षेत्र अध्यक्ष दशरथ राई, उपाध्यक्ष खेमनाथ सिग्देल, सचिव कमल पौडेल तथा भक्ति संगीत संयोजक इन्द्र प्रधान लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
सन्त सुवर्णा बाइजीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नवनिर्वाचित अध्यक्ष गंगाबहादुर कार्कीले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कमल पौडेलले गर्नुभएको थियो।
उपस्थित वक्ताहरूले नवनिर्वाचित पदाधिकारी तथा विभागीय संयोजकहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै संस्थाको उद्देश्य, मूल्य र मानव सेवाको भावनालाई थप प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेका थिए।
नयाँ नेतृत्व चयनसँगै गौरादह शाखाले आगामी दिनमा धार्मिक, सामाजिक तथा मानव सेवामूलक गतिविधिहरूलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।



