ग्रिन वे एजुकेशनल एकेडेमीको १४ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न

दमक । झापाको दमक-५, स्थित ग्रिन वे एजुकेशनल एकेडेमीको १४ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि दमक नगर शिक्षा समिति अध्यक्ष कुबेर भट्टराईले पानसमा बत्ती बालेर गरेका कार्यक्रममा नृत्य, गायन, कविता वाचन, नाटक, तथा विद्यार्थीहरुलाई विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो।

सोही अवसरमा एसइइ दिने विद्यार्थीहरुलाई विदाई तथा उज्ज्वल भविष्यको शुभकामना समेत गरिएको थियो।

कार्यक्रममा विद्यालयका निर्देशक नविन राईले विद्यालयको शैक्षिक गुणस्तर र उपलब्धिको बारे जानकारी गराए भने विद्यालयका प्रिन्सिपल पावल सुन्दासले शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सभाअध्यक्ष विद्यालयका अध्यक्ष कुमार तामाङले गरेका थिए, विशेष अतिथि विद्यालय समिति सदस्य डिक तामाङ, अतिथिहरुमा दमक वडा नं ५ का सदस्य खड्ग बहादुर राई, दमक ५ का स्वास्थ्य प्रमुख धर्मेन्द्र रिमाल, बेथेल एकेडेमी उर्लाबारीकि प्रिन्सिपल एनि राई, विद्यालयका प्रिन्सिपल पावल सुन्दास साथै, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा २०८२ को चैत मसान्तसम्म नयाँ शैक्षिक सत्रका लागि भर्ना गर्न आएमा ५० प्रतिशत छुट समेत दिइने र विद्यालयले शिक्षालाई साहित्य, कला, प्रकृति र प्रविधिसँग जोड्ने काममा सधै प्रतिबद्ध रहेको विद्यालयका प्रिन्सिपल सुन्दासले बताए ।

विद्यालयको शिक्षिका प्रमिला गुरुङ र सुस्मिता बिकले संचालन गरेको कार्यक्रमको समापन सभाअध्यक्ष कुमार तामाङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्