कमल-५ मा लेट मी डान्स एण्ड जुम्बा सेन्टर सञ्चालनमा
कमल । झापाको कमल गाउँपालिकामा लेट मी डान्स एण्ड जुम्बा सेन्टर सञ्चालनमा आएको छ ।
कमल–५, पाडाजुङी स्थित रोडस्टार होटल एण्ड पार्टी प्यालेस रहेको भवनबाट सोमबारबाट नेपालका चर्चित सुपरस्टार नायक धिरेन शाक्यद्धारा रिवन काटेर उक्त सेन्टरको समुद्घाटन गरिएको छ ।
कार्यक्रमको अध्यक्षता डान्स एण्ड जुम्बा सेन्टरका परिकल्पनाकार नारायण बस्नेत रहनु भएको थियो । त्यस्तै विशिष्ट अतिथिमा युवा नेता तथा समाजसेवी सन्दिप श्रेष्ठ रहनुभएको थियो । उक्त सेन्टरबाट विहान र बेलुका सानादेखि बुढासम्मका लागि हुने जुम्बा तथा डान्स कक्षा सञ्चालन गर्नेछ भने समय समय योगको पनि व्यवस्था गरेको छ ।
उक्त सेन्टरबाट जुम्बा तथा डान्स कक्षामा मात्र सिमित नराखी विद्यार्थीहरुका विभिन्न पक्षहरुमा ध्यान राख्दै प्रत्येक महिनाको अन्तिम शनिबार ससाना नानीहरु देखि ठूला अभिभावकहरुसम्मका लागि हुने अतिरिक्त क्रियाकलाप जस्तै हाजिरीजवाफ, नेतृत्व विकास तालिम, उद्घोषण तालिम, विभिन्न घरायसी रुपमा प्रयोग हुने अचार आदि बनाउने सिकाउने जस्ता कार्यक्रमहरु पनि सञ्चालन गरिने डान्स एण्ड जुम्बा सेन्टरका परिकल्पनाकार नारायण बस्नेतले बताउनु भयो ।
कार्यक्रममा स्मारिका सामुदायिक विद्यालयका स्काउटका विद्यार्थीहरुले स्कटिङगरी अतिथिहरुको स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी)ले कमल गाउँपालिकाको सहरमध्येको एक पाडाजुङीमा खुलेको यस जुम्बा एण्ड डान्स सेन्टरलाई शुभकामना दिदै युवाहरुले सञ्चालन गरेको यस सेन्टरलाई गाउँपालिकाले पनि साथ दिदै युवावर्गहरुलाई नेपालमा नै स्वरोजगार बन्न यी यस्ता व्यवसाय सञ्चालन गरी स्वदेशमा नै केही गर्नु पर्ने बताएकी छिन् । यस जुम्बा तथा डान्स सेन्टरले सानादेखी ठुलासम्मलाई शारीरिक, मानसीक रुपमा पनि स्वास्थ्य रहन मद्धत गर्नुका साथै साना नानीहरुमा देखिएको मोवाइल हेर्ने जस्ता कार्यहरुबाट टाठा राख्न मद्धत गर्ने समेत बताउनुभएको छ ।
त्यस्तै कार्यक्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी), युवा नेता तथा मुनलाइट क्याफे एण्ड रेस्टुरेन्ट तथा होटल एण्ड लजका सञ्चालक मोहन सिंह बस्नेत, कमलनगर जेसीज वर्ष २०२५ का अध्यक्ष भिम अधिकारी, डिपिएलका राष्ट्रिय अध्यक्ष वर्ष २०२५ का अनु भण्डारी (आचार्य), डिपिएलका राष्ट्रिय महासचिव वर्ष २०२५ का गुणराज गिरी, डिपिएलका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष वर्ष २०२५ का दिवश खतिवडा, गौरादह जेसीज वर्ष २०२४ का अध्यक्ष खड्ग बहादुर थापा, गौरादह जेसीज वर्ष २०१८ का अध्यक्ष राजु घिमिरे, नेपाल मानव धर्म सेवा समिति गौरादह शाखाका अध्यक्ष गंगा बहादुर कार्की, पत्रकार, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत् मन्तव्य जुम्बा तथा डान्स सेन्टरका सञ्चालक रिजु कार्कीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन हरी अधिकारीले गर्नुभएको थियो । उक्त डान्स एण्ड जुम्बा सेन्टरले समुद्घाटनको अवसरमा १५ प्रतिशतसम्म १० दिनका लागि छुट दिएको समेत बताइएको छ ।



