केकीको लाइनअपमा ७ वटा फिल्म
फिल्मको व्यापारको उतारचढावले नायिका केकी अधिकारीको करिअरलाई केही पनि फरक पारेको छैन । फिल्म ‘स्वर’देखि करिअर आरम्भ गरेकी केकीले पहिलो सफलता पाएको नै ‘छ माया छपक्कै’ बाट हो ।
तर, केकीलाई उनकै होम प्रोडक्सनको फिल्म ‘बोक्सीको घर’ले उचाइमा पुर्यायो । यो फिल्म चलेपछि केकीको हातमा झनै बढी फिल्म परेको छ ।
यो वर्ष केकीको हातमा फिल्म नै फिल्म छ । केकीको यो वर्ष ‘के घर के डेराः घर नम्बर २’ रिलिजमा आइसकेको छ । उनले अभिनय गरेको फिल्म ‘जनै हराएको मान्छे’ भदौको ६ गतेबाट रिलिजमा आउँदैछ ।
केकीले फिल्म ‘परान’मा पनि काम गरेकी छिन्, जुन कात्तिकको १४ गतेबाट रिलिजमा आउँदैछ ।
केकीले फिल्म ‘डबल ट्रिपल’ पनि साइन गरेकी छिन्, जुन फिल्म फागुनको १ गतेबाट रिलिजमा आउने क्यालेन्डर तय गरिएको छ ।
केकीले फिल्म ‘झिंगे दाउ २ र लाली बजार’ पनि साइन गरेकी छिन् । यी दुवै फिल्मको छायांकन केही समयपछि सुरु हुँदैछ ।
उता, केकी आफैले घरको २ वटा फिल्म बनाउँदैछिन् । चलचित्र विकास बोर्डमा दुवै फिल्मको नाम दर्ता गरिएको छ ।
यसरीहेर्दा, केकीको लाइनअपमा ७ वटा फिल्म देखिएको छ । संभवत, नेपाली नायिकाहरूमा सबैभन्दा लामो लाइनअप लिएर अगाडि बढेकी नायिका केकी अधिकारी नै हुनुपर्छ ।



