कमलनगर जेसीजले नयाँ सदस्यकालागि आवेदन खुल्ला

कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजले नयाँ सदस्यकालागि आवेदन खुल्ला गरेको छ ।

सक्रिय युवाहरुको राष्ट्रव्यापी संजाल विस्तारको क्रममा कमलनगर जेसीजले नयाँ सदस्यकालागि अनलाईन मार्फत आवेदन खुल्ला गरेको हो ।

कमलनगर जेसिजले कमल गाउँपामलका क्षेत्र, आसपास बसोबास गर्ने सक्रिय एवं जुझारु युवाहरुलाई अनलाईन मार्फत आवेदन माग गरेको छ ।

नेपाल जेसीजको विधान तथा परिधिमा रही सन् २०१५ मा स्थापना भएको कमलनगर जेसीज, एक क्रियाशील संस्थाको रुपमा परिचित संस्था हो ।

कमलनगर जेसीज वर्ष २०२४ को पाँचौं बोर्ड बैठकको निर्णयबाट योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुका लागी नयाँ सदस्य आवेदन खुल्ला गरिएको कमल नगर जेसीज वर्ष २०२४ का महासचिव रोशन अधिकारीले जानकारी दिनुभयो ।

१८ वर्ष पुरा भई ४० वर्ष ननाघेका सदस्यता लिन ईच्छुक युवाहरुले २०८१ साल मंसिर २० गते अर्थात (५ डिसेम्वर २०२४) भित्रमा आवेदन फारम भरि सक्नु पर्ने छ ।

आबेदन फारमका साथमा नेपाली नागरिकता, पासपोर्ट साईजको फोटो १ थान का साथमा आवेदन दस्तुर बापत एक सय बुझाउनु पर्ने र सदस्यता स्वीकृत भएपछि सदस्यता बापतको रकम दुई हजार रुपैँया बुझाएर सदस्यता प्राप्त गर्न सकिले महासचिव अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्