ज्योति माविमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खड्का चयन
कमल । झापाको कमल गाउँपालिकामा रहेको माई पश्चिमको पहिलो बालमैत्री विद्यालय श्री ज्योति माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।
कमल-२, भुत्लुङ्गमा अवस्थित उक्त विद्यालयमा शुक्रबार बसेको अभिभावक बैठकबाट ३ वर्षे कार्यकालको लागि समितिमा ८ जना पदाधिकारी चयन गरिएको छ ।
उक्त नवगठित विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा तिलक खड्का चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा ऋषिराज न्यौपाने, मैना कार्की, टिकाराम गौतम, हेमकुमारी बजगाँई र मिना बोहरा चयन भएका छन् ।
त्यसैगरी शिक्षक प्रतिनिधिमा पुजा श्रेष्ठ चयन हुनु भएको छ भने सदस्य सचिवमा नगेन्द्र बस्नेत चयन हुनु भएको छ ।