झापाली चिप्सको उत्पादन आफ्नै भवनबाट सुरु

कमल । झापाको कमल गाउँपालिकामा सञ्चालनमा रहेको झापाली चिप्स उद्योग आफ्नै भवनबाट उत्पादन सुरु गरेको छ ।

कमल-६, जिम्दार चौकमा विगत ४ वर्ष देखी सञ्चालनमा रहेको उद्योग गत बैशाख ३ गते देखी आफ्नै भवनमा सरेको हो ।

स्थानीय स्तरमा उत्पादन भएको आलुलाई प्रशोधन गरि चिप्स उत्पादन गर्दै आएको चिप्स उद्योगले विशेष गरेर आफ्ना पालिकामा उत्पादन भएको आलुलाई पहिलो प्राथमिकतामा राखेर चिप्स उत्पादनमा प्रयोग गर्दै आएको र उद्योगमा १० जना महिलालाई रोजगारी समेत पाएको झापाली चिप्स उद्योगका सञ्चालक रिजु कार्कीले जानकारी दिनुभयो ।

उक्त उद्योगबाट उत्पादन भएको झापाली चिप्स पूर्वमा काँकडभिट्टा, विर्तामोड, दमक तथा पश्चिममा पथरी, बेलबारी, इटहरीसम्मको बजार ओगट्न सफल भएको र आगामी दिनमा अझ बजारीकरणमा बिस्तार गर्ने योजना समेत रहेको झापाली चिप्सका सञ्चालक कार्कीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्