लिम्बु बिद्यार्थी मञ्च दमक क्याम्पस इकाई समितिको अध्यक्षमा नेम्बाङ निर्वाचित
दमक, २२ फागुन : झापाको दमकमा लिम्बु विद्यार्थी मञ्च दमक बहुमुखी क्याम्पस इकाई समितिको १० औँ अधिबेशनबाट सोमबार सम्पन्न भएको छ ।
क्याम्पसको सभाहलमा सम्पन्न अधिबेशनबाट नयाँ नेतृत्वको लागि अध्यक्षमा विनिता नेम्बाङ निर्वाचित हुनु भएको छ । कार्यक्रममा लिम्बु विद्यार्थी मञ्चका केन्द्रिय वरिष्ठ उपाध्यक्ष राम लिङ्दमको प्रमख आतिथ्यमा १० औँ अधिबेशन सम्पन्न भएको हो ।
यस्तैैँ उपाध्यक्षहरुमा शरण सम्बाहाम्फे र डिना लिम्बु, सचिवमा प्रकाश लिम्बु, ससचिवहरुमा निमेश लावती र रितु लावती र कोषाध्यक्षमा उदय लिम्बु निर्वाचित हुनु भएको छ ।
त्यस्तैगरी सदस्यहरुमा निश्चल खेवा, आशिका लिम्बु, सुशिला नेम्बाङ, एसिया फियाक, नाम्बिन वानेम, अप्सरा आङ्देम्बे, बिरसा आङ्देम्बे, रेश्नी लिम्बु, हाङ्मा फियाक, छत्र लावती, अरुन् माखिम, नुमा सुब्बा, साबित्र लिम्बु र कबिता बेघा निर्वाचित हुनु भएको लिम्बु विद्यार्थी मन्च झापा जिल्ला समितिका अध्यक्ष दिलहाङ सम्बाङ्फे लिम्बुले जानकारी दिनु भयो ।