सम्पत्ति शुद्धीकरण मुद्दामा माओवादी नेता गगन पुरीलाई ४ करोड जरिवाना
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा झापाका गगन पुरीलाई दोषी ठहर गर्दै उनीबाट ४ करोड ३ लाख रुपैयाँ असुल्नुपर्ने फैसला गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ७ करोड ३५ लाख रुपैयाँको सम्पत्ति जोडेका पुरीले ३ करोड ३२ लाख रुपैयाँ मात्रै बैध रुपमा जोडेको ठहर गरेको हो । बाँकी ४ करोड ३ लाख रुपैयाँ जरिवानाको फैसल भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।
अख्तियारले उनी सहित सीमा पुरीलाई पनि दोषी ठहर गरेको छ । जफत हुने रकम दामासहीले असुल्नुपर्ने विशेष अदालतको फैसला छ ।
विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा मुछिएका मनमाया पुरी र देव कुमारी पुरीलाई सफाइ दिएको छ । अनि कृष्णकुमारी पुरी र संगीता पुरीको सम्पत्ति भने जफत नहुने भनी आदेश गरेको छ ।