कमलमा ‘होटल बनमारा क्याफे एण्ड लज’ सञ्चालनमा
कमल । झापाको कमल गाउँपालिकामा ‘होटल बनमारा क्याफे एण्ड लज’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। कमल गाउँपालिका–५, पाडाजुङ्गीस्थित होटलको एक कार्यक्रमबीच कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले रिबन काटेर उद्घाटन गरेका हुन्।
होटल सञ्चालनमा आएसँगै पाडाजुङ्गी तथा आसपासको क्षेत्रमा गुणस्तरीय खाना, क्याफे तथा आवासीय सेवा सहज रूपमा उपलब्ध हुने सञ्चालकले बताएका छन्। स्थानीय क्षेत्रमा बढ्दै गएको व्यापारिक गतिविधि तथा आवागमनलाई लक्षित गर्दै होटल सञ्चालनमा ल्याइएको जनाइएको छ।
उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी कमल गाउँपालिका–१ का वडा अध्यक्ष केदार कटुवाल र गौरादह नगरपालिका–१ का वडा अध्यक्ष नगेन्द्र भण्डारी विशेष अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा कमलनगर जेसीज वर्ष २०२६ का अध्यक्ष देवराज भण्डारी (महेश), गौरादह जेसीज वर्ष २०२६ का अध्यक्ष ध्रुव अधिकारी, गौरादह जेसीजका पूर्व अध्यक्ष खड्गबहादुर थापा, ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रकी सञ्चालिका बबिता न्यौपाने लगायत विभिन्न क्षेत्रका व्यक्तित्व तथा स्थानीयको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता हजेन्द्रबहादुर बस्नेतले गरेका थिए भने सञ्चालन कमल कटुवालले गरेका थिए।
होटल सञ्चालनसँगै स्थानीय स्तरमा रोजगारी सिर्जना, व्यवसायिक गतिविधि विस्तार तथा पाडाजुङ्गी क्षेत्रको आतिथ्य व्यवसायलाई थप व्यवस्थित बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।



