गौरीगञ्ज जेसीज (प्र.)द्धारा राष्ट्रिय पोसाक तथा टोपी दिवस कार्यक्रम सम्पन्न

दमक, १७ पुष : झापाको गौरीगञ्ज गाउँपालिकामा स्थापना भएको गौरीगञ्ज जेसीज (प्रस्तावित)ले राष्ट्रिय पोशाक तथा टोपी दिवस कार्यक्रम सम्पन्न गरेको छ ।

गौरीगञ्ज चौकमा आज (बिहिबार) गौरीगञ्ज जेसीज (प्रस्तावित)को आयोजना, लाइन्स क्लब अफ गौरीगञ्ज, नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरीगञ्ज तथा सहयोगी मन गौरीगञ्जको सहकार्यमा कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम गौरीगञ्ज जेसीज (प्रस्तावित) को वर्ष २०२६ अन्तर्गतको पहिलो कार्यक्रम रहेको गौरीगञ्ज जेसीज (प्रस्तावित)का अध्यक्ष सृष्टि भट्टराईले बताउनु भएको छ ।

कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन कुवंर (न्यौपाने), लाइन्स क्लब अफ गौरीगञ्जका अध्यक्ष सञ्जीव रमण, गौरीगञ्न गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष शवण गिरी, गौरादह जेसीज वर्ष २०२५ का अध्यक्ष दुर्लभ कार्की, लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा गौरीगञ्ज जेसीज (प्रस्तावित)का पदाधिकारी, लाइन्स क्लब अफ गौरीगञ्जका पदाधिकारी, साहित्य चौतारीका पदाधिकारी, सहयोगी मन गौरीगञ्जका पदाधिकारी, स्थानीयवासी, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता गौरीगञ्ज जेसीज (प्रस्तावित) का अध्यक्ष सृष्टि भट्टराईले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन गौरीगञ्ज जेसीज (प्रस्तावित) का महासचिव प्रवेश श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्