जेसीआई हेटौँडाको अध्यक्षमा जेसी सन्तोष पराजुली निर्वाचित
हेटौँडा : जेसीआई हेटौँडा वर्ष २०२६ को अध्यक्षका लागि सन्तोष पराजुली निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा १०७ मतसहित पराजुली अध्यक्ष निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का आकांक्षी जीवन ढकालले ७८ मत प्राप्त गर्नुभयो ।
त्यस्तैगरी कार्यकारिणी उपाध्यक्षमा जेसी संजय कुमार न्यौपाने र जेसी विपिन ताम्राकार निर्वाचित हुनुभएको थियो । कार्यकारिणी उपाध्यक्षका आकांक्षी संजीव तिमल्सिना ककसमा सहभागी नहुँदा न्यौपाने र ताम्राकार सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
त्यस्तै उपाध्यक्षमा अशोक कुमार सिंह, विनोद वाग्ले, विवेक बानियाँ र श्रृजन बज्राचार्य सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन आयुक्त सिनेटर विकेश लाल श्रेष्ठ जानकारी दिनुभयो ।



