डिपिएल नेपालको छैठौँ राष्ट्रिय महाधिवेशन मंसिर २७ गते दमकमा हुदैँ
दमक, २५ मंसिर । झापाको दमकमा केन्द्रिय कार्यालय रहेको डाईनामिक पब्लिक लाइब्रेरी (डिपिएल) नेपालको छैठौँ राष्ट्रिय महाधिवेशन दमकमा हुने भएको छ ।
महाधिवेशन यही मंसिर २७ गते शनिबार दमकस्थित गोर्खा डिपार्टमेण्टको हलमा हुने भएको छ । आज (विहिबार) डिपिएल नेपालको केन्द्रिय कार्यालम, दमक–८ मा आयोजित पत्रकार सम्मेलनमार्फत सबैको सहभागीतामा महाविधेशन भव्य रुपमा सम्पन्न गर्ने तयारी भइरहेको डिपिएल नेपालका वर्ष २०२५ का राष्ट्रिय अध्यक्ष अनु भण्डारी (आचार्य) जानकारी दिनुभयो ।
यसैबीच, निर्वाचन समितिले डिपिएल नेपालको राष्ट्रिय बोर्डको नयाँ कार्यकालका लागि हुने निर्वाचनको सन्दर्भमा उम्मेदवारको पहिलो नामावली सार्वजनिक गरेको डिपिएल नेपालका राष्ट्रिय अध्यक्ष वर्ष २०२५ की अनु भण्डारी (आचार्य)ले बताउनु भयो । जसमा राष्ट्रिय अध्यक्षका लागि दुर्गा प्रसाद खतिवडा (दिवस) उम्मेदवारी दिनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा गुणराज गिरी, महासचिवमा कमल प्रसाद गौरे, कोषाध्यक्षमा जीवलोक सापकोटा, उपाध्यक्षमा मनि गिरी, निर्देशकहरुमा जेनिश चम्लागाई, अस्विन तिम्सिना, दिपक न्यौपाने र मनिका गिरीले उम्मेदवारी दिनुभएको छ ।
डिपिएलमा हरेक एक पदका लागि एक वर्षे कार्यकाल रहेको समेत राष्ट्रिय महासचिव गुणराज गिरीले बताउनु भयो । कार्यक्रमको अध्यक्षता डिपिएल नेपालका वर्ष २०२५ का राष्ट्रिय अध्यक्ष अनु भण्डारी (आचार्य)ले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका राष्ट्रिय महासचिव गुणराज गिरीले गर्नुभएको थियो ।
डिपिएल नेपालको छैठौँ महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी वर्षका योजनाबद्ध गतिविधि तय गर्नेछ। डिपिएल नेपालका देशैभरीका २१ वटा शाखाका पदाधिकारी तथा प्रतिनिधिहरु सहभागी हुने बताइएको छ ।



