दमकमा खुल्यो सुविद्या सम्पन्न मुनलाइट क्याफे एण्ड रेस्टुरेन्ट
दमक, १४ मंसिर । झापाको दमक नगरपालिका वडा नं. ९, चियादोकानमा मुनलाइट क्याफे एण्ड रेस्टुरेन्ट आज आइतबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
आइतबार आयोजित एक विशेष कार्यक्रममा नेपाली चलचित्रका सुपरस्टार नायक धिरेन शाक्य, युवा नेता समाजसेवी सन्दिप श्रेष्ठका साथै दमक नगरपालिकाका मेयर राम कुमार थापाको संयुक्त रुपमा उक्त क्याफे एण्ड रेस्टुरेन्टको औपचारिक उद्घाटन गरेका हुन् ।
मोहन सिंह बस्नेतको एकल लगानीमा करिब ८० लाख रुपैयाँ लागतमा उक्त क्याफे एण्ड रेस्टुरेन्ट सञ्चालनमा आएको हो। क्याफे एण्ड रेस्टुरेन्टमा पिनट सादेको, पास्ता, फ्रेन्च फ्राइज, भेज मोमो, झोल मोमो, चिकेन मोमो, पकौडा, चिकेन पकौडा, भेज रोल, पनीर चिल्ली, लेमन टी, मिल्क टी, कफी लगायतका परिकारहरू सुलभ मूल्यमा उपलब्ध रहेको संचालक बस्नेतले जानकारी दिए। ‘बढ्दो शहरीकणका लागि क्याफे पनि अभिन्न पाटो हो’, उनले भने, ‘युवा पुस्तामा लोकप्रिय बन्दै गएको क्याफे संस्कृतिलाई ‘मुनलाइट क्याफे एण्ड रेस्टुरेन्ट’ ले थप मद्दत पुर्याउँछ । स्पेसल कफीको विविधता क्याफेको अर्को विशेषता भएको पनि उनले बताए ।
कार्यक्रममा युवा नेता समाजसेवी सन्दिप श्रेष्ठ, दमक नगरपालिकाका मेयर राम कुमार थापा, दमक नगरपालिकाका उपमेयर रेगिना प्रसाई (भट्टराई), कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारीं), उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गोकुल श्रेष्ठ, होटल व्यवसायी संघका केन्द्रीय सदस्य भूपेन्द्र न्यौपाने, सामाजिक व्यक्तित्व बुद्धि थापा, दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, इलाका प्रहरी कार्यालय दमकमा डिएसपी किशोर लम्साल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता मुनलाइट क्याफे एण्ड रेस्टुरेन्टका सञ्चालक मोहन सिंह बस्नेतले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नारायण बस्नेतले गर्नुभएको थियो ।



