लायन्स क्लब अफ कमलको अध्यक्षमा दीपक खड्का निर्वाचित
कमल, २८ असार – झापाको कमल गाउँपालिकामा रहेको लायन्स क्लब अफ कमलकाे वर्ष २०२५/२६ का लागि नयाँ नेतृत्व चयन गरिएको छ।
लायन्स क्लब अफ कमल वर्ष २०२५/२६ काे अध्यक्षमा दीपक खड्का निर्वाचित भएका छन् । त्यसै, प्रथम उपाध्यक्ष भुवन निधि, द्वितीय उपाध्यक्ष सागर रेग्मी, तृतीय उपाध्यक्ष जीवन सापकोटा चयन भएका छन्।
त्यसैगरी, सचिवमा दिवश खतीवडा, सह-सचिव पवन चाम्लिङ, कोषाध्यक्ष मुना मिश्रा र सह-कोषाध्यक्ष मुना अधिकारी चयन भएका छन्।



