कमलको ज्योति माविमा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
कमल, ६ बैशाख । झापाको कमल गाउँपालिकामा २ दिने उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ ।
कमल–२, स्थित श्री ज्योति माध्यमिक विद्यालयको सभाहलमा २ दिन सम्म चलेको तालिममा सहभागी ३० जनालाई उद्घोषण तथा भाषणकला तालिम प्रदान गरिएको हो । श्री ज्योति माध्यमिक विद्यालयको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो ।
उक्त तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा श्री ज्योति माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक अभिभावक संघका सदस्य तथा सम्पूर्ण विद्यालयका शिक्षक र विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक नारायण बस्नेतले गर्नुभएको थियो । उक्त तालिमका प्रमुख प्रशिक्षक नेपाल टेलिभिजन इटहरी च्यानलका समाचार वाचिका कुसुम रिमालले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।



