डिपिएलद्धारा पञ्चकन्या प्राथमिक विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न

कमल, २७ फागुन – “पठन संस्कृतिको विकाससँगै सकारात्मक सोच सहितको सु-संस्कृत युवा नेतृत्व” भन्ने उद्देश्यको साथ झापको दमकमा स्थापना भएको डिपिएल दमक र डिपिएल दमक टिन्सले आज (मंगलबार) शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

डिपिएल दमक र डिपिएल दमक टिन्सको आयोजनामा श्री पञ्चकन्या प्राथमिक विद्यालय, कमल-६, जोगीचौन, झापामा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

स्व. अजय पराजुलीको जन्मदिनको सम्झनामा धरमपुर निवासी हाल आफ्नो पढाईको शिलशिलामा अमेरिका बस्दै आउनुहुने स्वेता घिमिरेको विशेष सहयोगमा आयोजित उक्त कार्यक्रममा करिब ६०–६५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको थियो। कार्यक्रमको अध्यक्षता डिपिएल दमक शाखा अध्यक्ष अश्विन तिम्सिनाले गर्नुभएको थियो, भने प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्ण बहादुर राई रहनुभएको थियो ।

कार्यक्रम सञ्चालन डिपिएल दमकका महासचिव पर्वत बस्नेतले गर्नुभएको थियो। कार्यक्रममा डिपिएलका राष्ट्रिय अध्यक्ष अनु आचार्य (भण्डारी), महासचिव गुणराज गिरी, डिपिएलका निवर्तमान अध्यक्ष संजिव पाठक, डिपिएलका अग्रज व्यक्तित्वहरू, विद्यालयको समृद्ध विकासका परिकल्पनाकारहरू, शिक्षक, विद्यार्थी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्