कमल गाउँपालिकामा सोहराय पर्वको अवसरमा स्थानीय विदा

कमल, २९ माघ : झापाको कमल गाउँपालिकाले सन्थालहरुको सोहराय पर्वको अवसरमा स्थानीय विदा दिएको छ ।

यही माघ ३० गते बुधबारका दिन सन्थाल समुदायमा महत्वपूर्ण मानिएको यो पर्व परेकाले सो दिन पालिकामा स्थानीय विदा दिइएको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईद्धारा हस्ताक्षरित आज (मंगलबार) जारी सूचनामा उल्लेख छ ।

सो सूचनामा कमल गाउँपालिका अन्तर्गतको गाउँपालिकाकोे कार्यालय, वडा कार्यालय, मातहतका विषयगत शाखा/कार्यालयहरू, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरुमा स्थानीय विदा दिने गाउँ कार्यपालिकाको माघ ७ गते को निर्णय अनुसार स्थानीय विदा दिइएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्