शिक्षा सुधार गर्न परीक्षाको उत्तर पुस्तिका अभिभावकलाई पठाउनु पर्ने
तेह्रथुम, २५ माघ । तेह्रथुमको छथर गाउँपालिकामा आ.व. ०८१/०८२ को विषयगत समितिहरूको बैठक सुरु भएको छ ।
सामाजिक विकास समितिको छलफलमा पालिकाको शैक्षिक गुणस्तर सुधार गर्न अनुगमन प्रणाली, परीक्षा प्रणालीमा सुधार गरि परीक्षा उत्तरपुस्तिका अभिभावकहरूलाई पठाउने प्रवन्ध गर्नु पर्ने सुझाव आएको छ ।
सामाजिक विकास समिति अन्तर्गत शिक्षा योजना निर्माण गर्नु पर्ने, अस्पतालमा प्रविधि जडान गर्नु पर्ने, सेवाहरूलाई प्रभावकारी बनाउनु पर्ने लगायतको विषयहरू छलफलमा आएको प्रमुख प्रशासकिय अधिकृत असोक पराजुलीले जानकारी दिनुभयो ।
त्यस्तै कर्मचारी, जनप्रतिनिधि र उपभोक्ता समितिहरूको क्षमता विकासमा जोड दिनु पर्ने, नीति निर्माण र कानुन संसोधन र कार्यन्वयनमा जोड दिनुपर्ने, विपत् पुर्व तयारी र राहतमा प्रभावकारीता ल्याउनु पर्ने लगायतका सुझावहरू विभिन्न समितिहरूमा छलफलका क्रममा उठेको कार्यलयले जनाएको छ ।
गाउँपालिकाको कार्यलयमा फरक फरक स्थानमा आयोजित विषयगत समितिको बैठक माघ २४ गते बाट सुरू भएको छ ।
कार्यलयमा विधेयक समिति, वन वातावरण तथा विपत समिति, सामाजिक विकास समिति, आर्थीक समिति, सार्वजानिक सेवा तथा क्षमता विकास समिति, पूर्वधार विकास समिति छलफलमा रहेका छन ।
छलफल हिउदे अधिवेशनसम्म आवस्यकता अनुसार नियमित संचालन हुने गाउँपालिका प्रवक्ता राजन नेपालीले बताउनुभयो ।



