लायन्स क्लब इटहरी मनकामनाको अध्यक्षमा भारती श्रेष्ठ
सुनसरी – लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५सी अन्तर्गत रहेका लायन्स तथा लियो क्लबहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
सुनसरीको इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा भएको कार्यक्रममा भारती श्रेष्ठको अध्यक्षतामा लायन्स क्लब अफ इटहरी मनकामना लगायतको नँया कार्य समितीको पदस्थापन गरिएको हो । लायन्स क्लब अफ इटहरी मनकामनाका नयाँ कार्य समितिमा प्रथम उपाध्यक्षमा सिनेट रिजाल, सचिवमा विजया प्याकुरेल, कोषाध्यक्षमा भिम बहादुर श्रेष्ठ,सदस्यहरुमा तेजस्वी रिजाल,पृथ्विया थापा, रनिस घिमिरे,धिरज साह,सन्तोष पुरी, विदुर आचार्य, नयाँ सदस्यहरुमा रचना श्रेष्ठ, भीमप्रसाद पाण्डे, सुशिला आचार्य, प्रतिमा थापा, भूवन पराजुली, निश्चल श्रेष्ठ चयन भएका छन ।
त्यस्तै लियो क्लब अफ इटहरी मनकामनाको वर्ष २०२४/२५ का लागि अध्यक्षमा प्रतिभा अधिकारी,प्रथम उपाध्यक्षमा मनिसा खड्का, द्धितिय उपाध्यक्ष शान्ती दाहाल, सचिवमा कृतिका उप्रेती, कोषाध्यक्षमा सृष्टी दाहाल र स्वर्णिमा अधिकारी सदस्यहरुमा करण प्याकुरेल,रोजी श्रेष्ठ, रचित श्रेष्ठ,मनिसा ढकाल,ईशा दाहाल,प्रशंसा अधिकारी,अंस श्रेष्ठ रहेका छन् । नयाँ कार्यसमितिलाई कार्यक्रका प्रमुख अतिथी लायन्स डिष्ट्रिक्ट ३२५ सीका गर्भनर विकास अधिकारीले पदस्थापन गराई सपथ गराएका थिए ।
लायन्स क्लब इटहरी सिटिजन्सका अध्यक्ष टंक फुयलको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा लायन्स क्लब अफ इटहरी सुनसरीका अध्यक्ष तेज बहादुर पुरी, एरिया चारका चिफ कोडिनेटर थानेस्वर ढकाल, लायन्स क्लब अफ इटहरी मनकामनाकी सस्थापक अध्यक्ष सुमी थापा, इटहरी-४ का समाज सेवी रमेश खती, माया घर नेपालकि अध्यक्ष शुभद्रा प्याकुरेल, ज्योति माविका प्रधानाध्यापक चिरन्जीवि भट्टराई, जनता बहुमुखी क्याम्पसका प्राध्यापक विमल नेपाल, पत्रकार चन्दन रौनियार, पत्रकार पवन अधिकार, पत्रकार दिपक कार्की, विभिन्न संघसंघठनका अध्यक्ष प्रतिनिधिहरु लगाएको उपस्थीति रहेको थियो ।



