नेपाल मानव धर्म सेवा समितिद्धारा गौरादहमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

दमक । झापाको गौरादहमा नेपाल मानव धर्म सेवा समितिद्धारा बुधबार शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

गौरादह ४, मा रहेको श्री जनता प्राथमिक विद्यालयका करिब ६५ जना विद्यार्थीहरुलाई कापी, कलम जस्ता शैक्षिक सामाग्री वितरण गरिएको नेपाल मानव धर्म सेवा समिति, युवा संघका केन्द्रिय सदस्य रोशन घिमिरेले जानकारी दिनु भएको छ ।

यस संस्थाले विभिन्न सांस्कृतिक, आध्यात्मिक, चाडपर्व तथा राष्ट्रिय अन्तराष्ट्रिय दिवसका अवसर पारेर लोककल्याणकारी कार्यहरू गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्