नयाँ पुस्ताको आवाज बोकेर महाधिवेशन प्रतिनिधिको यात्रामा सदिक्षा खड्का

झापा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नम्बर ३ बाट सदिक्षा खड्का महाधिवेशन प्रतिनिधिका लागि अघि बढेकी छन्। ३५ वर्षमुनिका महिला प्रतिनिधित्वका रूपमा उम्मेदवारी प्रस्तुत गरेकी खड्काले युवा सोच, महिला नेतृत्व र सामाजिक प्रतिबद्धतालाई आफ्नो राजनीतिक यात्राको आधार बनाएकी छन्।

बाह्रदशी जेसीजको नेतृत्व सम्हालिरहेकी खड्का युवाको नेतृत्व विकास, सामाजिक सेवा तथा समुदायका विभिन्न गतिविधिमा सक्रिय रहँदै आएकी छन्। उनले युवाको क्षमता विकास, नेतृत्व निर्माण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा काम गर्दै आएको बताइएको छ।

शैक्षिक क्षेत्रमा समेत सक्रिय खड्काले एमबीए र ग्रामीण विकास विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेकी छन्। हाल उनी एमफिलमार्फत विद्यावारिधिको यात्रामा अघि बढिरहेकी छन्। शिक्षा, नेतृत्व र सामाजिक सेवाको अनुभवलाई राजनीतिक भूमिकासँग जोड्ने उनको प्रयास रहेको छ।

खड्का EECOHM Foundation की सहसंस्थापकसमेत हुन्। फाउन्डेसनमार्फत शिक्षा तथा युवा सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएकी उनले युवालाई आफ्नो क्षमता पहिचान गरी नेतृत्वमा अघि बढ्न प्रेरित गर्ने उद्देश्य रहेको बताएकी छन्।

युवा पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै आएकी खड्काले राजनीतिमा नयाँ सोच, प्रविधि, शिक्षा र सामाजिक सेवाको अनुभवलाई जोड्नुपर्ने धारणा अघि सारेकी छन्। महिला सहभागिता र नयाँ पुस्ताको प्रतिनिधित्वलाई आफ्नो अभियानको प्रमुख विषय बनाएकी उनले राजनीतिक संगठनमा युवाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताउँदै आएकी छन्।

३५ वर्षमुनिका महिलाको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिका लागि अघि बढेकी खड्काको उम्मेदवारीले कांग्रेसभित्र युवा तथा महिला सहभागिताको विषयलाई समेत चर्चामा ल्याएको छ। शिक्षा, सामाजिक सेवा र नेतृत्व विकासको अनुभवलाई राजनीतिक भूमिकासँग जोड्ने उद्देश्यसहित उनले आफ्नो दाबी प्रस्तुत गरेकी हुन्।

बाह्रदशी जेसीजको नेतृत्वदेखि सामाजिक क्षेत्रमा सक्रियतासम्मको अनुभवलाई राजनीतिक यात्रासँग जोड्दै खड्काले आफ्नो अभियानलाई व्यक्तिगत राजनीतिक आकांक्षाभन्दा पनि युवा पुस्ताको आवाज र नेतृत्व विकाससँग जोड्ने बताएकी छन्।

उनको अभियानको मूल सन्देश पनि ‘नयाँ पुस्ताको आवाज, नयाँ ऊर्जाको नेतृत्व’ रहेको छ। महाधिवेशन प्रतिनिधि चयनको प्रक्रियामा झापा क्षेत्र नम्बर ३ बाट अघि बढेकी खड्काले युवा पुस्ता र महिलाको सहभागितालाई आफ्नो उम्मेदवारीको प्रमुख आधार बनाएकी छन्।

प्रतिक्रिया दिनुहोस्