ललितपुर-३ मा डा. तोसिमा कार्की विजयी

काठमाडौँ – ललितपुर-३ मा तोसिमा कार्की पुनः विजयी भएकी छिन् ।

उनले ४३ हजार ९६ मत ल्याउँदै प्रतिस्पर्धी नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठलाई पराजित गरेकी छिन् । श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राज काजी महर्जनले ६ हजार २२ मतका साथ तेस्रो स्थान हासिल गरे ।

प्रतिक्रिया दिनुहोस्