झापा–५ बाट बालेन शाह भारी मतान्तरले निर्वाचित
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह भारी मतान्तर सहित निर्वाचित भएका छन्।
शनिबार साँझ सार्वजनिक अन्तिम मतपरिणाम अनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६२४ मतको फराकिलो अन्तरले पराजित गरेका छन्।
ओलीले १८ हजार ७२४ मत प्राप्त गरेका छन्। झापा–५ यस वर्षको निर्वाचनमा सबैभन्दा बढी चर्चा भएको निर्वाचन क्षेत्रका रूपमा रहेको थियो।
यसै क्षेत्रमा श्रम संस्कृति पार्टीका समीर तामाङले ९ हजार २३३ मत प्राप्त गरे भने नेपाली कांग्रेसकी मन्धरा चिमरियाले १ हजार ८२१ मत ल्याइन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सङ्ग्रौलाले १ हजार ५३६ मत प्राप्त गरेका छन्।
निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा कुल १ लाख ६३ हजार ३७९ मतदाता रहेकामा १ लाख ६ हजार ५६८ मत खसेको थियो।



