पहिलो पाईला नेपाल गौरादहद्धारा खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

गौरादह : पहिलो पाईला नेपाल गाैरादह शाखाको आयोजनामा गाैरादह नगरपालिका-५, स्कुलचौन स्थित मानव उद्दार सेवा आश्रममा खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा पहिलो पाईला नेपाल गौरादह शाखाका अध्यक्ष भुपेन्द्र निराैलाकाे अध्यक्षता तथा पहिलो पाईला नेपाल केन्द्रीय सह- कोषाध्यक्ष तथा गौरादह शाखाका शाखा प्रतिनिधि दिवस खतिवडाकाे आतिथ्यतामा खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा चामल, चिनी, दाल, भुजा लगायतका खाद्यान्न सामग्रीहरू हस्तान्तरण गरिएको हाे। शाखा अध्यक्ष भुपेन्द्र निराैला, प्रथम उपाध्यक्ष निशा पाैडेल (दहाल), द्वितीय उपाध्यक्ष बाबुराम अधिकारी, सचिव प्रदिप धमला, सह-काेषाध्यक्ष एलिजा भेट्वाल, सदस्यहरु पुनम पाैडेल, चाहना याेगी, भुवन कटुवाल, पाेषाङ्का बास्तोला लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै मानव उद्दार सेवा आश्रमका केन्द्रीय अध्यक्ष सुमन श्रेष्ठ, उपाध्यक्ष विना थापाको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्