जेसीआई दमकको अध्यक्षमा जेसी राजेन्द्र विमली निर्वाचित

दमक, १३ पुष । झापाको दमक नगरपालिकामा रहेको जेसीआई दमकले वर्ष २०२६ को लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

जेसीआई दमकको ४५ औँ वार्षिक साधारणसभाबाट वर्ष २०२६ को लागि अध्यक्षमा जेसी राजेन्द्र विमली निर्वाचित भएकी छिन् ।

त्यस्तै कार्यकारिणी उपाध्यक्षहरुमा जेसी साजन श्रेष्ठ र जेसी कृष्ण भट्टराई निर्वाचित भएका छन् ।

त्यस्तैगरी उपाध्यक्षहरुमा जेसी आभुसन भट्टराई, जेसी मनिस श्रेष्ठ, जेसी कुमार गजुरेल र जेसी सरिता आचार्य निर्वाचित भएका छन् । साथै तालिम निर्देशकमा जेसी पकंज पोखरेल र जनसम्पर्क अधिकारीमा जेसी राहुल शाह निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्