नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा जीवन कार्की निर्वाचित
झापा – धनुषाको जनकपुरधाममा सम्पन्न नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय अध्यक्ष वर्ष २०२६ मा जेसी जीवन कार्की निर्वाचित भएका छन् ।
निर्वाचित कार्कीले जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनमा ५ सय १२ मत ल्याएका छन् भने कार्कीका प्रतिस्पर्धी विजय गुरुङले ४ सय ६२ मत, रश्मि शिल्पकारले १ सय ४७ मत र राजाराम गौतमले ८३ मत पाएका छन् ।
त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा जेसी नवराज उपाध्याय, जेसी स्वप्ना पौडेल भण्डारी, सिनेटर विकेश लाल श्रेष्ठ, जेसी योगेश राजवंशी निर्वाचित भएका छन् ।
त्यस्तै उपाध्यक्षमा जेसी मेनुका ओली, जेसी दिपेश बराईली, जेसी अमन महर्जन, जेसी खगेन्द्र भण्डारी, जेसी विदुर थापा, जेसी सुरेन्द्र श्रेष्ठ, जेसी एन्जिला खड्का, जेसी देबु बानियाँ, जेसी रुपकबहादुर विष्ट र जेसी सन्दिप भुषाल निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत रोविन पोखरेलले जानकारी दिए ।
शुक्रबारदेखि जनकपुरमा जारी जेसिजको महाधिवेशनमा नयाँ नेतृत्वका लागि आइतबार अबेरसम्म मतदान भएको थियो ।




