ओली नेतृत्वमा नरहे एमालेसँग पनि एकता हुन सक्छ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको सम्भावित एकता सम्बन्धमा स्पष्ट संकेत दिएका छन्।
धादिङको बेनीघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा प्रचण्डले भने, ‘अबको माओवादीको लाइन भनेको चुनाव हो।’
तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने प्रचण्डको भनाइ छ। एमालेसँग एकताको सम्भावनाबारे उनले भने, ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर, ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।’
युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको दाबी गर्दै उनले भने, ‘अहिले मेरो जेन–जी युवाहरूसँग पनि छ्लफल भइरहेको छ। युवाहरूले माओवादी सही रहेछ भन्ने बुझ्नुभएको छ।’



