अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक

काठमाडौं । अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक भएको छ ।

शनिबार काठमाडौंका कमलादीस्थीत प्रज्ञा डवलीमा अभिनेता हमाल लगाएतले युगदेखि युगसम्म राजेश महालसंग यज्ञश पुस्तक सार्वजनिक गरेका हुन् ।

पत्रकार तथा लेखक यज्ञशसँगको संवादमा तयार भएको पुस्तकमा जीवनयात्रा, चलचित्र जीवनसँग जोडिएका अनुभव, संस्मरण तथा सामाजिक र व्यक्तिगत विचारहरु समेटिएको अभिनेता हमालले जानकारी दिए । राजनीति, धर्म, केही मनोविज्ञानका कुरा समेत पुस्तकमा समेटिएको उनले बताए ।

उक्त पुस्तक फाइन प्रिन्टले बजारमा ल्याएको हो । उक्त पुस्तक तयार गर्न करिव तीन बर्ष लागेको हमालले बताए ।

प्रतिक्रिया दिनुहोस्