पत्रकार पाठकलाई साइबर ब्युरोले भन्यो – ‘प्रहरी कार्यालयमा उपस्थित हुनु

काठमाडौँ — प्रहरीको साइबर ब्युरोले पत्रकार दिलभूषण पाठकलाई प्रहरीकोमा उपस्थित हुन आउनु भन्दै सूचना जारी गरेको छ । साइबर ब्युरोले विद्युतीय कारोबार ऐनअन्तर्गत अदालतमा मुद्दा दायर गरेर पाठकलाई पक्राउ अनुमति लिएको थियो ।

ब्युरोको सूचनामा भनिएको छ– ‘पक्राउ अनुमति प्राप्त भएको हुँदा यथाशीघ्र यस ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भइ अनुसन्धान कार्यमा सहयोग पुर्‍याइदिनु हुन अनुरोध गरिएको छ ‘

Cyber ​​Bureau told journalist Pathak - 'to attend police office'

उच्च अदालत पाटनले पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न सोमबार अन्तरिम आदेश दिएको थियो । न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले सोमबार पाठकको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । आफूविरुद्ध जारी पक्राउ पुर्जी गलत कानुन लगाई र गलत नियतका साथ जारी भएको भन्दै पाठकले दिएको रिट निवेदनमा सुनुवाइ गर्दै अदालतले अल्पकालीन अन्तरिम जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्