१०३ दिनपछि तनाव झेल्दै काठमाडौंका प्रमुख प्रशासकीय अधिकृतले गरे हाजिर
२१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले हाजिर गरेका छन् । गुरागाईं कार्यालय पुग्दा केहीबेर तनाव भएको थियो ।
मेयर बालेन शाहको निर्देशनमा महानगरको टोलीले उनलाई कार्यालय प्रवेश गर्न रोक लगाउने प्रयास गरेका थिए ।
गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयास समेत गरेका थिए ।
बिहीबार हाजिर गर्न पुगेका उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । तर, कर्मचारीहरूले उनलाई रोक्न नदिंदै कार्यकक्षसम्म पुर्याए ।
अनलाइनखबर
उनी १०३ दिनपछि बिहीबार कार्यालय पुगेर हाजिर गरेका हुन् ।
उनलाई गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन थियो ।
यस्तो अवस्थामा आफूहरूले तलब समेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका हुन् ।



