लाइफलाइन दमक लगायतमा लागेको आगलागी नियन्त्रणमा
दमक – झापाको दमकस्थित लाइफलाइन हस्पिटल डायलसिस सेवासंग जोडिएको होटलबाट शुरु भएको भीषण आगलागी भखरै नियण्त्रणमा आएको छ ।
लाइफलाइन अस्पतालको डायलसिस सेवाको भवनमा क्षति पुग्नुको साथै डायलसिस सेवा प्रदान गर्ने भवनका सामाग्रिहरु जलेर नष्ट भएको छ ।
आगलागी नियण्त्रणका लागि दमक, उर्लाबारी, पथरी कमल पालिकाका दमकलहरुले आगो नियण्त्रणमा लिएको हो । शसस्त्र प्रहरी र जनपथ प्रहरी खटिएका थिए । आगलागी बाट के कति क्षति भएको र कसरि आगलागी सुरुभएको विवरण आउन बाकि रहेको छ |