दमकमा फुड फेस्टिबलको १० औं संस्करण हुने
सोम मगराती / दमक चैत्र १७ –
होटल व्यवसायी संघ दमकको आयोजनामा हुँदै आएको फुड फेस्टिबलको १० औं संस्करण आगामी २३ चैत देखि ४ बैशाखसम्म सञ्चालन हुने भएको छ ।
झापाको दमकमा २०७१ सालदेखि वर्षेनी हुँदै आएको दमक फुड फेस्टिबललाई यस बर्ष पनि संचालन गरिने आज दमकमा आयोजित पत्राकार सम्मेलनमा मार्फत दमक–७ स्थित पशुहाट मैदानमा सो फेस्टिवल सञ्चालन हुने सार्वजनिक गरेको हो ।
होटल व्यवसायी संघ दमकका अध्यक्ष योगराज दंगालले सांगितिक मनोरञ्जनसहित खाना महोत्सव सञ्चालन गरिने जानकारी दिए । उहाले फेस्टिबलमा आउने पर्यटकहरुलाई दमकका लजहरुमा २० प्रतिशत सम्म र खानाका लागि १० प्रतिशत छुट दिइने स्किम समेत ल्याइएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा होटल व्यवसायी महासंघका कोशी प्रदेश समिति अध्यक्ष राजन दंगालले आन्तरिक पर्यटन तथा मौलिक खानेकुराका परिकारहरुको प्रवद्र्धनमा यो महोत्सवले महत्वपूर्ण योगदान दिने विश्वास लिइएको बताए ।
संघले शनिबार दमकमा पत्रकार सम्मेलन गरि फेस्टिबलमा करिव १ लाख सर्वसाधारणले अवलोकन गर्ने तथा त्यसबाट रु ५० लाख बढीको कारोवार हुने अनुमान गरिएको संघका महासचिव समेत रहेका होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य भुपेन्द्र न्यौपानेले बताए ।
फेस्टिवलमा स्थानीय आदिवासी राजवंशी,ताजपुरिया,धिमाल,राई,लिम्बू,गुरुङ लगायतका जनजातिका दुई दर्जन बढी खाद्य परिकारका स्टलहरु रहने छन् भने दैनिक स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति रहने न्यौपानेले बताए ।