आफ्नो ठाउँमा गरेको कामले आफुलाई छुट्टै सन्तुष्टि दिन्छ – कृषा
व्युटिसियनका रुपमा काठमाडौंमा समेत लामो समय खर्चेर सो क्षेत्रको प्रवद्र्धनमा सक्रिय कृषा (कृष्णकुमारी ) पोखरेलले पछिल्लो समय दमक ५ मा सो पेशालाई अघि बढाएकी छन् ।
दमक ५ को वडा कार्यालय उत्तर दीपिनी आधारभूत विद्यालयको पूर्वतर्फ उनले बुधबार ‘कृषा व्यूटिपार्लर एण्ड टेलरिङ सेन्टर’को उद्घाटन गरेकी छन् । व्यूटिसियनमा सीटीइभीटीबाट मास्टर लेभलको प्रशिक्षकको प्रमाणपत्र प्राप्त गरेकी उनले विभिन्न संघ संस्थासँगको सहकार्यमा व्यूटिसियन तालिम समेत सञ्चालन गर्दै आएकी छन् । साथै उनले म्यूजिक भिडियो, चलचित्रमा आवश्यक पोशाक समेत तयार गर्दै दुवै पेशालाई संगसंगै अघि बढाएकी छन् । ‘लामो समय अन्यत्र काम गरियो । अनुभव बटुल्न पाइयो । अव आफ्नै क्षेत्रमा कलाकारितासँग जोडिएको आफ्नो पेशालाई अघि बढाउने योजनाकासाथ काम सुरु गरेको छु ।’- उनले भनिन् ।

मोरङको पथरी शनिश्चरे हुँदै विगत २५ वर्षदेखि व्यूटिसियनका रुपमा स्थापित उनले ११ वर्ष काठमाडौंमा रहेर काम गरिन् । यसक्रममा ३ दर्जन म्यूजिक भिडियो, नेपाली र भोजपुरीगरी १ दर्जन चलचित्रमा समेत साजसज्जाको काम गरेर थप सृजनशीलतासँगै इमान्दार र कर्तव्यनिष्ट व्यूटिसियनको फरक पहिचान बनाएकी छन् । साजसज्जा सहित कलाकारिता क्षेत्रमा समेत आवद्ध रहँदै चलचित्र र म्यूजिक भिडियो निर्माणको काम समेत गर्दै आएकी छन् । सुरुमा इमान्दारिता देखाउनेहरु पछि बैमान भएर टिमवर्क राम्रो बन्न नसक्दा चलचित्र क्षेत्रमा आफ्नो लगानी त्यसै खेर गएको तीतो अनुभव समेत उनीसँग छ । आफुलाई मनपर्ने कला क्षेत्रमा बैमानहरुको जगजगी भएको काठमाडौंको वातावरणले समेत आफुलाई आफ्नै ठाउँमा फर्केर केही गर्न झकझक्याएको सुनाइन् । ‘यहाँ थोरै गरियो भनें पनि सहज हिसावले अस्वस्थ प्रतिष्पर्धाबिना गर्न सकिन्छ । अनि आफ्नो ठाउँमा गरेको कामले आफुलाई छुट्टै अपनत्व र छुट्टै सन्तुष्टि दिन्छ भन्ने बुझेर आफु ताते गरेको माटोमा काम गर्न आएको हुँ ।’- उनले थपिन् ‘अव पूर्वकै चलचित्र, म्यूजिक भिडियो सहितमा साजसज्जाको काम गर्ने र आफ्नो व्यवसाय पनि साथै सञ्चालन गर्ने योजना छ ।’ त्यसो त उनीसँग मसाज थेरापीको समेत राम्रो ज्ञान छ । त्यससम्बन्धी थाइल्याण्डमा स्पेशल कोर्ष पुरा गरेर त्यस क्षेत्रमा समेत काम गर्दै आएकी छन् । यी पाटोहरुसंगसंगै सुन्दरी प्रतियोगिता तथा फेसन शोहरुमा समेत आफ्नो सहभागिता जनाएकी छन् । उनले साजसज्जा तथा कला क्षेत्र सम्बन्धी १ दर्जन अवार्ड प्राप्त गरेकी छन् । २०१७ मा व्यूटिसियन नेपाल कम्पिटिसन, २०१८ मा मिल्लोक फेसन शो, २०१८ मा भोजपुरी नेशनल मेकअप आर्ट कम्पिटिसन्, २०२२ मा फिल्म मेकअप आर्ट कम्पिटिसनलगायत उत्कृष्ठ अवार्ड प्राप्त गरेकी छन् ।
प्रथम प्रकासित : पुर्बसंदेश