नवनियुक्त १६ मन्त्रीले लिए शपथ, कुन दल बाट को बने मन्त्री?
काठमाडौं— नयाँ सत्ता समीकरण निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन्।
हिजो नियुक्त भएका तीन जना विनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोक्दै प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका साथै एकीकृत समाजवादीबाट दुई जनालाई मन्त्री बनाउँदै २० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्।
नयाँ सत्ता समीकरणमा रहेको जनता समाजवादी भने सरकारमा सहभागी भएको छैन । संघीय सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्।
शीतल निवासमा बुधबार आयोजित विशेष समारोहकाबीच उनीहरुले शपथ लिएका हुन्। उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन्।
कुन दल बाट को बने मन्त्री ? यस्तो छ सूची:
नेकपा एमालेबाट
१) रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
२) पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
३) हरि उप्रेती, रक्षा
४) भगवती चौधरी, महिला बालबालिका
५) राजेन्द्र राई, खानेपानी
६) दामोदर भण्डारी, उद्योग
७) ज्वालाकुमारी साह, कृषि
८) बलराम अधिकारी, भूमि व्यवस्था
माओवादी केन्द्रबाट
९) नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
१०) वर्षमान पुन, अर्थ
११) शक्ति बस्नेत, उर्जा
१२) रेखा शर्मा, सञ्चार
१३) हितबहादुर तामाङ, पर्यटन
रास्वपाबाट
१४) रवि लामिछाने, उपप्रधान तथा गृह
१५) डीपी अर्याल, श्रम
१६) विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
१७) सुमना श्रेष्ठ, शिक्षा
एकीकृत समाजवादीबाट
१८) भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन
१९) धनबहादुर बुढा, शहरी विकास