गौरादह जेसीजको अध्यक्षमा धुव्र चन्द्र अधिकारी निर्वाचित

कमल, ०३ माघ । झापाको गौरादह नगरपालिकामा रहेको गौरादह जेसीजको १३ औं साधारणसभाबाट वर्ष २०२६ का लागि अध्यक्ष पदमा धुव्र चन्द्र अधिकारी निर्वाचित भएका छन् ।

त्यस्तै कार्यकारिणी उपाध्यक्षहरूमा सितल अधिकारी र एन्जीला पोखरेल निर्वाचित भएका छन् । त्यस्तैगरी उपाध्यक्षमा संजय थापा, विन्दा भट्टराई (भूमिका), अनिता थापा र पृथ्वी अधिकारी निर्वाचित भएका छन् ।

त्यस्तैगरी जनसम्पर्क अधिकारीमा दिनेश भट्टराई निर्वाचित भएको वर्ष २०२६ का लागि निर्वाचन आयुक्त तथा वर्ष २०२४ का अध्यक्ष खड्ग बहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्