जेसीआई बाह्रदशी वर्ष २०२६ को अध्यक्षमा जेसी सदिक्षा खड्का निर्वाचित

झापा, १२ पौष । झापाको बाह्रदशी गाउँपालिकामा रहेको जेसीआई बाह्रदशी वर्ष २०२६ को लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

जेसीआई बाह्रदशीको पाचौँ शाखा अधिवेशनबाट वर्ष २०२६ को लागि अध्यक्षमा जेसी सदिक्षा खड्का निर्वाचित भएकी छिन् ।

त्यस्तै कार्यकारिणी उपाध्यक्षहरुमा जेसी गोकुल घिमिरे र जेसी नबराज दाहाल निर्वाचित भएका छन् ।

त्यस्तैगरी उपाध्यक्षहरुमा जेसी मनोज खतिवडा, जेसी बिनोद फुयेल, जेसी भुपेन्द्र दंगाल र जेसी कृष्ण अधिकारी निर्वाचित भएका छन् भने कानुनी सल्लाहकारमा जेसी प्रकाश फुयेल, महासचिबमा जेसी नबिन त्रिताल र कोषाध्यक्षमा जेसी राजु अधिकारी मनोनीत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्