डिपिएल नेपालको राष्ट्रिय अध्यक्षमा दुर्गा प्रसाद खतिवडा (दिवस) सर्वसम्मत निर्वाचित
दमक, २७ मंसिर : झापाको दमकमा केन्द्रिय कार्यालय रहेको डाईनामिक पब्लिक लाइब्रेरी (डिपिएल) नेपालको छैठौँ राष्ट्रिय महाधिवेशन दमकमा सम्पन्न भएको छ ।
दमकस्थित गोर्खा डिपार्टमेण्टको हलमा आज (शनिबार) सम्पन्न छैठौँ राष्ट्रिय महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । वर्ष २०२६ का लागि राष्ट्रिय अध्यक्षमा दुर्गा प्रसाद खतिवडा (दिवस) सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा गुणराज गिरी, महासचिवमा कमल प्रसाद गौरे, कोषाध्यक्षमा जीवलोक सापकोटा, उपाध्यक्षमा मनि गिरी निर्वाचित भएका छन् । त्यस्तैगरी निर्देशकहरुमा जेनिश चम्लागाई, अस्विन तिम्सिना, दिपक न्यौपाने र मनिका गिरी निर्वाचित भएका छन् ।



