सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ
काठमाडौँ । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँले सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्ने बताएका छन् ।
ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको पनि उनले उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमा उनले भनेका छन्– ‘सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्दछौँ।जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्याङ्कन छ।’
प्रसाईँले थप लेखेका छन्– ‘वार्ता गर्न बोलाउँदैमा मात्रै होइन, राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान अब देशले चाहेको छ।’



