दमक बहुमुखी क्याम्पस कर्मचारी संघको अध्यक्षमा कुँवर
दमक/ झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा कार्यरत कर्मचारीहरुको संघ दमक बहुमुखी क्याम्पस कर्मचारी संघको ९ औं साधारण सभाबाट प्रेमबहादुर कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
संघको शुक्रबार सम्पन्न साधारण सभाले कुँवरको अध्यक्षतामा उपाध्यक्ष नविन ढुंगाना, सचिव टोमनाथ दाहाल, सहसचिव सुयोग भट्टराई र कोषाध्यक्ष पार्वता तामाङ रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको जनाइएको छ ।
कार्यसमितिका सदस्यहरुमा लक्ष्मी बुढाथोकी ( बोहरा ), मबिन्द्र धिमाल, बुद्ध तामाङ र कमला वाल्मीकि निर्विरोध निर्वाचित भएका निर्वाचन समिति संयोजक पदमप्रसाद घिमिरेले जानकारी दिनु भयो । सो साधारण सभा अन्तर्गतको निर्वाचन कार्यक्रम सम्पन्न गर्न क्याम्पसका प्रमुख प्रशासकीय अधिकृत समेत रहेका घिमिरेको संयोजकत्वमा तुलसी विक्रम बस्नेत र सूर्य सिगु सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष कुँवरले कर्मचारीहरुबीच आपसी एकतासँगै समुदाय र राज्यको समेत लगानी रहेको सो क्याम्पसको शैक्षिक उन्नयनमा संघले सकारात्मक भुमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।