ओलीको चुनौती– म नेपालको जुनसुकै स्थानमा जान्छु, रोकेर देखाउनू

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई उपत्यका छोड्न सरकारले रोक लगाएकोमा आपत्ति जनाएका छन्।

एमाले सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रमलाई शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै उनले आफू नेपालको जुनसुकै स्थानमा जाने भन्दै रोकेर देखाउन चुनौती दिएका हुन्।

अध्यक्ष ओलीले तिहारमा औँसीको अँध्यारो रातलाई उज्यालोले चिर्न बत्ती बालिने बताउँदै अहिले देशमा छाएको अँध्यारोलाई पनि उज्यालो बालेर चिर्नु पर्ने बताए।

प्रतिक्रिया दिनुहोस्