४ हजार २३० किलोग्राम गाँजासहित दुई वटा ट्रक नियन्त्रणमा

धरान, ३ असार । सुनसरीको धरान उप महानगरपालिका–१३ र इटहरी उपमहानगरपालिका–२० बाट ४ हजार २ सय ३० किलोग्राम गाँजा बोकेको २ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

असार २ गते धरान १३ शिवधारा स्थित कोशी लोकमार्गमा भेडेटारबाट धरान तर्फ आउँदै गरेको अदुवा र बन्दा कोवी बोकेको प्रदेश १–०२–००२ ख ०८४८ नम्वरको ट्रकमा चेकजाँचको क्रममा ७० वटा प्लास्टिकको बोरामा प्याकिङ गरी राखेको २ हजार १ सय ३० किलोग्राम गाँजा बरामद गरेको हो ।

यसैगरी, असार ३ गते इटहरी–२० स्थित तरहरा जंगल नजिकै कोशी लोकमार्गमा इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले चेकजाँचको क्रममा ना. ५ ख ६११६ नम्वरको ट्कमा ७० वटा प्लास्टिकको वोरामा प्याक गरी माथिबाट बन्दाकोवी र आलुको बोराले छोपी ल्याउँदै गरेको अवस्थामा २ हजार १ सय किलोग्राम गाँजा बरामद गरेको हो ।

लागुऔषध गाँजा बरामद भएसँगै ट्रक चालक धनकुटा शहिदभूमि गाउँपालिका–६ का राजेन्द्र राईसहित सोही स्थानका सुनिल राई र बराहक्षेत्र–९ का सुमन राईलाई नियन्त्रणमा लिइएको छ ।

चेकजाँचकै क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थितबाट इलाका प्रहरी कार्यालय भेडेटारले पाख्रिवास नगरपालिका–८ का नारायणप्रसाद राईलाई ९ किलो ९०० ग्राम लागू औषध गाँजासहित नियन्त्रणमा लिएको छ

प्रतिक्रिया दिनुहोस्