बसपार्कमा आगुऔषध कारोबार, १९ वर्षीया किशोरी पक्राउ

झापा, १८ चैत । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्कबाट लागुऔषधसहित १९ वर्षीया किशोरीलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार अर्जुनधारा–११ स्थित नँया बसपार्कमा लागुऔषध ओसार–पसार तथा बिक्री वितरण भइरहेको छ भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट नँया बसपार्कबाट खटिएको प्रहरी टोलीले ताप्लेजुङ मेरीङदेन गापा–२ की १९ वर्षीया वर्षा केदेमलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा प्लाष्टिकमा पोका पारी राखेको लागुऔषध ब्राउन सुगरजस्तो देखिने लिसाईलो पदार्थ डिजिटल तराजुमा तौल गर्दा २ ग्राम १९० मिलिग्राम बरामद गरी उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा अनारमनी झापामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्