दमक महोत्सवमा आज मंगलबार चर्चित गायक डेभिड शंकर आउदैँ

दमक, १ फागुन : झापाको दमकमा सञ्चालन भइरहेको दमक महोत्सव-२०८० मा आज फागुन १ गते मंगलबारका दिन चर्चित गायक डेभिड शंकरको विशेष साँगीतिक प्रस्तुति रहने भएको छ ।

दिउँसो ३:०० बजेदेखि प्रस्तुत हुने गायक डेभिड शंकरले आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन गराउने छन् । गायक शंकरसँगै रसियन कलाकारहरूको बेजोड नृत्य प्रस्तुति, राजस्थान कलाकारहरूको समेत बेजोड राजस्थानी मड्का नृत्य प्रस्तुति र भारतकै प्रख्यात् जादुगर कुमार जादुगरको जादुगर शो साथै स्थानीय कलाकार र साङ्गीतिक समूहको पनि विशेष प्रस्तुति रहने छ ।

दमक उद्योग वाणिज्य संघको आयोजनमा माघ २८ गतेबाट दमक-७, सयपत्री टोल, रतुवा किनारमा सुरु भएको दमक महोत्सव फागुन १२ गतेसम्म जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्